बिरामी गीत गाउँदै, डाक्टर शल्यक्रियामा

0
1355

Source: Kantipur

Published on: अतुल मिश्र

काठमाडौं — मुलुककै जेठो वीर अस्पतालमा शुक्रवार एक बिरामी शल्यक्रिया टेवुलमा सुतेर मस्तले गीत गाउदै थिए भने शल्य चिकित्सकहरु उनको दिमागमा भएको गाँठो झिक्दै थिए । शल्यक्रियाका गर्दा ती विरामी पूरै होसमा थिए ।

अस्पतालको स्नायु शल्यचिकित्सा विभागमा गित गाउन लगाएर, कुराकानी गर्दैर्, हात खुट्टा हल्लाउदै विरामीलाई होसमै राखेर मस्तिष्कको शल्यक्रिया गरिएको एक महिना यता यो तेस्रो घटना हो । विरामी होसमा रहदा गरिने यो शल्यक्रियालाइ ‘अवेट क्रानियोटोमी’ भनिन्छ ।

६५ वषिर्य विरामीलाई एकतर्फको टाउको दुखाइ, हातखुट्टा कमजोर हुनुका साथै वान्ताको समस्या देखिएको थियो । ती विरामी एक्कासी वेहोस भएपछि सिटि स्क्यान गराउदा ‘ब्रेन टयुमर’ देखिएको थियो ।
‘उनको मस्तिष्कमा गाँठो वायातिर थियो, मस्तिष्कको त्यो भागले दाहिने तर्फको हात, खुट्टा चलाउनुका साथै आवाजसमेत निकाल्न सघाउछ’, उक्त शल्यक्रियामा सरिक रहेका स्नायु शल्य चिकित्सक डा.राजिव झाले भने, ‘एक महिनायता हामीले तेस्रोपटक यस्तो शल्यक्रिया गरेका हौं ।’

डा.झाका अनुसार वेहोस पारेर शल्यक्रिया गर्दा हातखुट्टाको पक्षाघात संगै आवाज गुम्ने सम्भावना समेत रहेकाले यस्तो शल्यक्रिया विरामी जागेका वेला गित गाउदै कुरा गर्दै हात खुट्टा हल्लाउदै गरिन्छ ।
ती विरामीलाई एक सातादेखी शल्यक्रिया गर्दाताका जोर लगाएर नखोक्न, टाउको नहल्लाउन लगायतका विषयमा तालिम समेत दिइएको थियो ।

सुरुमा ती विरामीलाइ एनेस्थेसिया दिएर वेहोस पारिएको थियो । तर उनलाइ टाउकोको हाड खोल्नमात्र वेहोस गरिएको थियो । टाउकोको हाड खोली मस्तिष्क देखिन थालेपछि विरामीलाई चिकित्सकहरूले पुनः होसमा ल्याएर गित गाउन लगाउनुका साथै कुराकानी गर्दै शल्यक्रिया जारी राखे । मस्तिकवाट टयुमर निकालेपछि पुनः चिकित्सकहरुले विरामीलाइ वेहोस पारे ।
उक्त शल्यक्रियामा स्नायु शल्य चिकित्सक डा.झा, डा.प्रकाश विष्ट र एनेस्थेसियामा डा.प्रदिप वैद्यलगायत सहभागी थिए ।