अल्जाइमर रोग डिमेन्सिया (Dementia)

0
1234

अल्जाइमर रोग डिमेन्सिया (Dementia) को सबैभन्दा सामान्य प्रकार हो।यो एक बिस्तारै लाग्ने रोग हो जसले स्मरणशक्ति, सोच्ने क्षमता, निर्णय गर्नेशक्ति र व्यवहारमा नकारात्मक असर गर्छ। यसका कारण बिरामीको दैनिकजीवन प्रभावित हुन्छ।अल्जाइमर एसोसिएसनका अनुसार, सबै डिमेन्सिया केसको करिब ६०–८०% मा अल्जाइमर जिम्मेवार हुन्छ। प्रायः यस रोगको पहिचान ६५वर्षपछि हुन्छ। तर यदि यसअघि देखिन्छ भने यसलाई अर्ली अल्जाइमरभनिन्छ।यसको हालसम्म कुनै पूर्ण उपचार छैन, तर केही उपचारहरूले रोगको प्रगतिढिलो गर्न र जीवनस्तर सुधार गर्न मद्दत पुर्‍याउँछन्।

अल्जाइमरका केही तथ्यहरू

यो दीर्घकालीन (क्रोनिक) रोग हो। 

.लक्षण विस्तारै सुरु हुन्छन् र मस्तिष्कमा हुने क्षति अपरिवर्तनीय हुन्छ।

.पूर्ण उपचार छैन, तर उपलब्ध उपचारले लक्षणलाई कम गर्न सक्छ।

.६५ वर्ष भन्दा माथि उमेरका तथा परिवारमा इतिहास भएका मानिसहरूलाईबढी जोखिम हुन्छ।

.डिमेन्सिया र अल्जाइमर एउटै होइनन्; अल्जाइमर भनेको डिमेन्सियाको एकप्रकार हो।

.प्रत्येक बिरामीमा रोगको अनुभव फरक–फरक हुन्छ।

डिमेन्सिया  अल्जाइमरबीचको फरक:

डिमेन्सिया: स्मरणशक्ति, सोच र व्यवहारमा समस्या ल्याउने विभिन्नअवस्थाहरूको सामान्य शब्द हो।

अल्जाइमर: डिमेन्सियाको सबैभन्दा सामान्य र विशेष प्रकार हो।

अन्य डिमेन्सिया: पार्किन्सन रोगसँग सम्बन्धित डिमेन्सिया, भास्कुलरडिमेन्सिया आदि।

कारण  जोखिम (Risk factors)

.उमेर: ६५ वर्षभन्दा माथि बढी देखिन्छ।

.परिवारको इतिहास: नजिकको आफन्तलाई भए आफूलाई पनि सम्भावनाबढी हुन्छ।

.जिनेटिक कारण: APOE जीनसँग सम्बन्ध देखिएको छ।तर यी कारणलेअनिवार्य रूपमा अल्जाइमर हुन्छ भन्ने होइन, तर जोखिम बढाउँछन्।

लक्षणहरू

.दैनिक कार्य प्रभावित हुने गरी स्मरणशक्ति घट्नु

.समस्या समाधान गर्न गाह्रो हुनु

.बोल्न/लेख्न गाह्रो हुनु

.समय र स्थानबारे भ्रम हुन

.निर्णय क्षमतामा कमी

.व्यक्तिगत सरसफाइमा बेवास्ता

.मुड र व्यक्तित्वमा परिवर्तन

.परिवार र समाजबाट टाढिनु

चरणहरू (Stages of Alzheimer’s)

.लक्षण नदेखिने तर जोखिम रहने अवस्था

.सानो भूल–चुक देखिनु

.हल्का संज्ञानात्मक समस्या (memory, concentration)

.रोग पहिचान हुने तर अझै प्रारम्भिक स्तर

.दैनिक काममा अरूको सहयोग चाहिने

.खान–लाउन जस्ता आधारभूत कुरामा पनि सहयोग चाहिने

.अन्तिम चरण – बोल्ने, अनुहार अभिव्यक्ति गर्ने क्षमतासमेत हराउनु

निदान (Diagnosis)

अन्तिम निश्चित निदान मृत्यु पश्चात् मस्तिष्क परीक्षणबाट मात्र हुन्छ। तरजीवनकालमा चिकित्सकले–

.चिकित्सा इतिहास

.मानसिक परीक्षण

.न्युरोलोजिकल परीक्षण

.CT, MRI, PET जस्ता इमेजिङ

•रक्त वा मूत्र परीक्षण मार्फत सम्भाव्य निदान गर्छन्।

रोकथाम (Prevention)

सिधा रोकथाम छैन, तर जीवनशैली सुधारले जोखिम घटाउन सक्छ:

.धुम्रपान नगर्नु

.नियमित व्यायाम गर्नु

.दिमागी खेल वा अध्ययन गर्ने बानी

.हरियो तरकारी, फलफूल खानु

.एन्टिअक्सिडेन्टयुक्त खानेकुरा

.सक्रिय सामाजिक जीवन जोगाउनु

हेरचाह (Care)

अल्जाइमर भएका बिरामीलाई हेरचाह गर्नु दीर्घकालीन र चुनौतीपूर्णजिम्मेवारी हो।धैर्य, करुणा, सहनशीलता र सर्जनशीलता चाहिन्छ।उचितदेखभालले बिरामीलाई मात्र होइन, परिवारलाई पनि मानसिक सन्तुलनराख्न मद्दत गर्छ।